प्रधानमन्त्रीको डुवर्स दौडाहा - गोर्खा को सपना ?
-
cdonetwork@gmail.com
-
Local News
»
Dooars
-
-
31-05-2025
-
76
राजनीतिज्ञ र प्रधानमन्त्रीबीच फरक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ
राजनीतिज्ञ र प्रधानमन्त्रीबीच फरक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। तर यो कुरा डुवर्सको जनताले प्रत्यक्ष रूपमा देखे।
केही दिनअघिका समाचारहरूमा भनिएको थियो कि प्रधानमन्त्री मोदीजी सिक्किम, अलिपुरद्वार र पटनाको भ्रमणमा ७० हजार करोड रूपैयाँको लगानी र जनकल्याणकारी योजनाहरूको घोषणा गर्नेछन्। एक जना प्रधानमन्त्रीका लागि यस्तो घोषणा गर्नु ठूलो कुरा होइन। तर अलिपुरद्वारमा यस्तो घोषणाको पर्खाइमा बसेका आँखाहरूमा कतै आशाको कुनै किरण देखिएन। यहाँका जनताले केवल एक राजनीतिज्ञको भाषण सुन्न पाए, प्रधानमन्त्रीबाट केही ठूला घोषणाको आशा भने मरे सरह भयो। भर्खरै पश्चिम बंगालकी मुख्यमन्त्री र देशका प्रधानमन्त्रीको उत्तर बंगालमा भ्रमण भयो। तर उत्तर बंगालका चियाबगान र त्यहाँका मजदूरहरूलाई यसको कुनै प्रत्यक्ष लाभ भएन। दुबैले अवश्य केही शब्द चियाबगानका मजदूरहरूको लागि खर्च गरे। तर दुवैको भाषणमा न्यूनतम पारिश्रमिक, आफ्नै घरको लागि जग्गा, ठूलो अस्पताल, एयरपोर्ट, पुल, बाँध वा नयाँ सडक जस्ता कुनै ठूला विकासको चर्चा थिएन। यद्यपि मुख्यमन्त्रीले केही अस्पतालहरूमा थप बेडको घोषणा अवश्य गरिन्। एकजना प्रधानमन्त्री केवल ग्यास वितरण कम्पनीको कार्यक्रम उद्घाटन गर्न आए र एकजना मुख्यमन्त्री पर्यटन तथा व्यापार सम्बन्धी कार्यक्रममा सहभागी हुन आए, जसले देखाउँछ कि जनताले हाललाई यिनीहरूबाट केही प्रत्यक्ष लाभको आशा गर्नुहुँदैन।
क्षेत्रका जनतालाई आशा थियो कि प्रधानमन्त्रीज्यू अलिपुरद्वारमा एउटा अस्पताल स्थापनाको कुरा गर्नुहुनेछ वा हासीमारामा सिभिल एयरपोर्ट बनाउने विषयलाई अघि बढाउनुहुनेछ, तर यी सबै कुराहरू निराशामा परिणत भए। गोर्खाहरूको छुटेका ११ जनजाति मुद्दाको कुरा, कतै - जय गोर्खा पनि भनि हाल्छ कि भनेर डुवर्स कस गोर्खाहरु कान र आँखा ठाडो पारेर पर्खि रहेका थिए तर चाँई चुँई गरेन। यद्यपि उहाँले पीएफ घोटाला र बन्द चियाबगानहरूको कुरा अवश्य उठाउनु भयो। तर भाषण र कार्यान्वयन बीच अन्तर हुन्छ। यदि यस विषयमा केन्द्र सरकारले गम्भीरतापूर्वक कदम चाल्यो भने यसको लाभ चियाबगानका मजदूरहरूले अवश्य पाउनेछन्।
जम्मा गरेर भन्नुपर्दा, उत्तर बंगालका जनताले दुई-दुईजना राजनीतिज्ञलाई त देखे तर प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रत्यक्ष कार्य र त्यसबाट लाभ पाउने अवसर भने गुमाए।
नेह इन्दुवर
Leave comment
Please wait...